बारा निर्वाचन क्षेत्र नम्बर ३ लाई विकासको मुलधारमा ल्याउने पुर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार ज्वाला कुमारी साहले दावी गरेकी छन । मंसिर ४ मा हुने निर्वाचनको लागि घरदैलोमा रहेकी साह यस क्षेत्रलाई विकासको मुलधारमा ल्याउने दावी गरिन ।
नेताहरु असल समन्वयकारी भुमिका निर्वाह नगर्दा यस क्षेत्रमा विकास भएन, अब म गरेर देखाउने साहले भनिन । साढे दुई वर्षे कार्यकालमा प्रदेश सरकारले ४ करोड ६० लाख मात्र बजेट दिएपनि आफुले निर्वाचन क्षेत्र नं.३ (क) मा ४५ करोड बढीको काम गरेको बताइन । असल समन्वयकारी भुमिकाको कारण केन्द्र र प्रदेश सरकारसंग ४० करोड बजेट लिई विकास गरेको र यो असल समन्वयको जिवन्त उदाहरण भएको बताइन ।
देशैभरी एमाले प्रति जनलहर रहेको कारण ओली सरकार बन्न कुनै दुई मत नरहेको पुर्वमन्त्री साहले दावी गरिन । सरकार पनि एकालेको, प्रतिनिधि पनि एमालेको र असल समन्वयकारी भुमिका पनि ज्वाला साहको हुने हुदाँ यो क्षेत्र विकासको मुलधारमा आउने साहले बताइन ।