बारा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लागेको छ। आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य द्वारा हस्ताक्षरित सूचनापत्रमा कार्तिक २० गते आइतबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि बारा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको जनाइएको छ ।
ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निर्णय कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नु भएको छ ।