मुकुललाई यतिखेर मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको माहोल तातिता बारा जिल्लामा पनि चुनाबी चहलपहल निकै बढकेको छ । त्यस्तै बारामा रहेको ४ वटा निर्वाचन क्षेत्र मध्ये बारा क्षेत्र नं १ मा मन्त्री देखी स्वतन्त्रका उमेद्वारहरु आफ्ना मतदाताहरुको घरघरमा पुगेर मत मागिरहेका छन ।
बाराको निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरी र एमालेको तर्पबाट अच्युत मैनालीको प्रतिसपर्दा रोचक हुने अनुमान लगाइएको छ । २०७४ सालमा पनि यी दुई नेता नै मैदानमा थिए । त्यस बेला यहाँबाट चौधरीले चुनाव जितेका थिए ।
तिन पटक सम्म सांसद र पटक पटक मन्त्री बनेका चौधरीलाई भने यस पटक जित हात पार्न कठिन रहेको बुझिएको छ । घरदैलोको क्रममा मतदाताले जिताएर पठाएको र १७ बर्ष सांसद हुदा हामीले केहि परिवर्तन महसुस नभएको भन्दै उमेद्वार चौधरीलाई प्रश्न समेत गरेका छन । खानेपानी मन्त्री चौधरी पटक-पटक चुनाब जितेर पनि यस भेगका मानिसहरुले चापाकलकै पानी खान बाध्य छन ।
यस पटक ५ दलिय गठबन्धनको साथ रहेकाले सहज जित निकाल्ने उनि निर्धक्क भारतिय नं प्लेटको गाडीमा झण्डा फहराउदै उनि चुनाबी प्रचार प्रसार गरिरहेका छन । मन्त्री चौधरीले केहि समय अघि सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गरेको सरकारी गाडी निर्वाचन आयोगले गाडी तानेको थियो । उनले मतदाता खुसी पार्न मासु भोज नै आयोजना गरेर हिडने पाईएको छ
यता जसपासँग गठबन्धन गेरर साझा उमेद्वार बनेका एमालेका अच्युत मैनाली चुनाबी मैदानमा छन । अघिल्लो निर्वाचनमा २ हजार ४ सय २० मतले मात्रै पराजि भएका मैनाली यस पटक जसपाको साथ रहेकाले सहज जित जिकाल्ने दावी गर्छन र घरदैलो क्रममा आम मतदातामा परिवर्तन चाहिरहेकाले आफुले जितेमा आम जनताले जित्ने विश्वास रहेको बताउछन ।
तेस्तै १क प्रदेश तर्फ सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रमेश प्रसाद दंगाल र एमालेबाट त्रीलोकी चौधरी बिच प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेसका उमेद्वार आफु युवा भएकाले पनि जित हात पार्न सक्ने उनि बताउछन ।
यता एमालेका त्रीलोकी चौधरी अघिल्लो पटक जित हात पारिसकेका र यस पटक पनि जित हात पार्ने दावी गर्छन । आफु काम मात्र गर्ने र प्रचार नगर्ने भएकाले जनताले आफ्नो कामको मुल्याङ्कनले भोट दिने उनले बताए ।
तेस्तै १ख प्रदेश तर्फ सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानु र एमाले-जसपा तालमेका जसपाको तर्फबाट मधेश प्रदेशका सभामुख समेत रहेका सरोज कुमार यादव बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
बारा क्षेत्र नं १ मा जम्मा मतदाता १ लाख १९हजार ७५ जना रहेका छन भने ८६ मतदान स्थल रहेछन र १ सय ५५ मतदान केन्द्र रहनेछन ।