छिमेकी किशोरीमाथि जबरजस्ति करणीको आरोप लागेका निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजन श्रेष्ठ (राजु) प्रहरी नियन्रणमा आएका छन।
अध्यक्ष श्रेष्ठ विरुद्ध जिल्ला अदालत बाराले पक्राउ पुर्जी जारी गरेपछि उनी लामो समय देखि सम्पर्क बिहिन बनेका थिए । अदालतबाट पक्राउ पूर्जी पाएपछि खोजी भइरहेको भए पनि फरार रहेकाले हालसम्म फेला पार्न नसकिएको तर आज पौष १७ आइतवार साझ आफै प्रहरी सामु आइ आफुलाई वुझेका इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा कोही नभएको बेला स्थानीय १५ वर्षीया नाबालिकालाई दशैंको टिकाका दिन असोज १९ गते बुधबार जबरजस्ती करणी गरेको आरोप लागेका वडा अध्यक्ष श्रेष्ठ लामो समय देखि फरार भएका थिए । अदालतबाट पक्राउ पूर्जी पाएपछि खोजी भइरहेको भए पनि फरार रहेकाले हालसम्म फेला पार्न भने प्रहरी असफल भएको थियो ।
उनि गत वैशाखमा भएको स्थानिए निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । जनताको बहुमुल्य भोटबाट निर्वाचित भएका वडा अध्यक्षबाट यस्तो कार्य भएपछि वडाबासीले ६महिनामै आफ्नो भोट गलत व्यक्तीलाई हालीएको भन्दै चिन्ता समेत गरेका छन ।