बाराको निजगढमा चिसो बढेकाले आगो ताप्न निजगढ नगरपालिकाले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् ।
सामुदायिक वनहरु नागमणी बकैया, जनज्योती र जनजाग्रितीको सहयोगमा दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।
चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले बताउनुभयो ।
सामुदायिक वनहरु सँग समन्वय गरी दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो ।
“जनताको जीउधनको सुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्वभित्र पर्दछ” र जनप्रतिनिधिको कार्यध्यसको आधारमा जनताको लागी नै सो उपलब्ध भएको निजगढ नगरपालिका सब-ईनजिनियर नबिन खनालले भन्नुभयो । चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”
यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसो बढेकै कारण बारा जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्दसमेत गरेका छन् ।