प्रलाद तिमल्सिना , बारा
तराईमा चिसो अत्यधिक रुपमा बढेको छ । चिसोले तराईका पर्सा, रौतहट, सर्लाही, महोत्तरी जस्तै बारामा पनि जनजिवन कष्टकर र प्रभावित छ ।
बाराको सदरमुकाम कलैया लगायतका मुख्य बजार क्षेत्र निजगढ, जितपुर, सिमरा, पथलैयामा सर्वसाधरणको चहलपहल एकदमै कम भएको छ ।
एक साता यता बारामा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् भने साधारण तया मानिसहरु चोकचौतारामा भिडभाड पनि कमि देखिन्छन । मेडिकल र अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित भएकाछन् । सामायन्यतया भन्दा यस जाडो समयमा मानिसहरुको आवत–जवतमा कमि आएकाले दैनिक ज्यालादारी गर्ने र अटो रिक्सा–ठेला चलाउनेहरु बढी पिडित भएको र चोक-चोकमा यसरी दाउरा निजगढ नगरपालीकाले वितरण गरेकोमा धन्यवाद समेत दिएको बताउछन अटो चालक भुवन भण्डारी ।
त्यस्तै चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो तापेको दृश्य देखिने गरेको पाईएको छ । आ–आफ्नो घर, चोक, चौतारा अगाडी दाउरा, मुढा, कोइला बालेर तापेर बसेका छन । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको छ ।
चिसोबाट नगरबासीलाई जोगाउन बाराका बिभिन्न नगरपालिकाले दाउरा वितरण गरेको छ । बारामा रहेको निजगढ नगरपालीका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, परवानीपुर गाउँपालिका, करैयामाई गाउँपालिका लगायतका १६वटै पालिकाहरुले दाउरा वितरण गरेको छ ।
चिसोमा न्यानो आभाष दिलाउन वितरण गरिएको दाउरा वितरण जनपक्ष काम गरेकाले निजगढ नगरपालीकालाई धन्यवाद समेत दिएका छन स्थानिय बलराम तिमल्सिनाले ।
यता अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि बारामा अधिकाङ्श स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् ।
चिसोको कारण बाराको कलैया उपमहानगरपालिकाले १हप्ता, जितपुरसिमरा उप–महानगरपालिकाले ४दिन, कोल्हवी नगरपालिकाले ३दिन, महागढीमाई नगरपालिकाले ४दिन, पचरौता नगरपालिकाले ४दिन, सिम्रौनगढ नगरपालिकाले ३दिन, परवानीपुर गाउँपालिकाले ४दिन, प्रसौनी गाउँपालिकाले ४दिन, आदर्शकोतवाल गाउँपालिकाले ४दिन, फेटा गाउँपालिका ३दिन, सुवर्ण गाउँपालिकाले ५दिन र देवताल गाउँपालिकाले पनि ४ दिन विद्यालय बन्द गरेका छन् ।
‘चिसोले गर्दा बालबालिकाको नियमित विद्यालयमा हुने पठनपाठन असहज देखिएर ‘हिउँदे विदाबाट कट्टा हुनेगरि पुस १९ गतेदेखि २२ गतेसम्म पठनपाठन स्थतिग गरेको स्थानियतहहरुले जानकारी दिएका छन ।’