निजगढ ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयको ५८ औं विद्यालय जयन्ति तथा अभिभावक दिवस हिजो सम्पन्न भएको छ । कार्यक्रमको उद्धाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो ।
प्रमुख आतिथिको आसनबाट बोल्दै सांसद मैनालीले सार्वजनिक मावि जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताउदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भूमिका खेल्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावकहरुलाई धन्यवाद दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगर प्रमुख सुरथ पुरी, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, गौरीशंकर मावि निजगढ ८ का पूर्वपप्रधानाध्यापक एंव निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, समाजसेवी मधु तिमल्सिना, निजगढ नगरपालिकाका योजना अधिकृत अजय उप्रेती लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सीताहरी प्रतिष्ठान, लालसुन अक्षय कोष, हरिभवानी अक्षय कोष, पूर्वविद्यार्थी मन्च र जगनाथ चन्द्रकला छात्रवृत्तिबाट २ दर्जनभन्दा बढी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको प्रगति प्रतिवेदन र लेखापाल नवराज गौतमले आयव्याय विवरण पेस गुर्नभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राले सांकृतिक कार्यक्रमसमेत प्रर्दशन गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक बालकुमारी सिंन्जाली र भोलाप्रसाद गौतमले गर्नुभएको थियो ।