निजगढ नगरपालिका ८ स्थित निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा वुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शोभाकुमारी राउतको अध्यक्षतमा भएको सो कार्यक्रमको उद्धाटन निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, लोकप्रिय सहकारी संस्थाको अध्यक्ष अम्बिकाप्रसाद चौलागाईं, केन्द्रिय दुग्ध उत्पादक संघका सचिव थानेश्वर सापकोटा (अविरल), निजगढ नगरपालिका पुर्व-उपप्रमुख लिलादेवि लामिछाने खनाल, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष सुदर्शन कोइराला लगायतले सहकारी संस्थाको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाले संचालक समितिकी अध्यक्ष राउतले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०७९/०८० को बार्षिक बजेट र कार्ययोजना पास गरेको छ ।
त्यसैगरी लेखा समितिका सदस्य दिपा ढकाल अधिकारी र कोषाध्यक्ष किरण श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को लेखा परीक्षणको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ । साधारण सभामा उत्कृष्ठ जेष्ठ बचतकर्ता दिपलक्ष्मी वाग्ले, उत्कृष्ठ मासिक बचतकर्ता तरलसी सापकोटा, उत्कृष्ठ दैनिक बचतकर्ता कौशिला विश्वकर्मा, उत्कृष्ठ असल ऋणी सुकुमाया योन्जन, उत्कृष्ठ बाल बचतकर्ता दिपसना अधिकारी, उत्कृष्ठ कर्मचारी ललिताकुमारी बिडारी लगायतलाई सम्मान गरिएको थियो ।
कुल १ हजार ८४ जना शेयरधनी सदस्यहरुबीच कारोबार गरेको सो सहकारीले चालु आर्थिक वर्षमा ६ करोड ८१ लाख ४८ हजार १ सय ३९ रुपैयाको कारोबार गरेर १८ लाख ८१ हजार २ सय ३२ मुनाफा गरेको जानकारी सो अवसरमा दिइएको थियो ।
कार्यक्रम संचालन ललिता सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम सहकारीको नबनिर्मित भवनमा सम्पन्न भएको थीयो ।