निजगढ नगरपालिकाले संचालन गरेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशनमा हिजो पौष २८ गते विहिबार सम्ममा २६१ जनाको विवरण संकलन भएको छ ।
नगरपालिका कार्यालयले आइतवारबाट संचालनमा ल्याएको दर्ता संकलन स्टेशनमा स्थानीयले १० दिनभित्र सो संख्यामा विवरण बुझाएका हुन । नगरपालिकाले प्राविधिक कर्मचारीसहितको दर्ता स्टेशन स्थापना गरेर राष्ट्रिय परिचयपत्र निर्माणको लागि विवरण संकलन गर्ने कार्य सुरु गरेको हो । दर्ता स्टेशनबाट राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धि सबै काम हुने दर्ता स्टेशनका रुजु अधिकारीक निजगढ नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रमोद न्यौपानेले बताउनुभयो ।
परिचयपत्र बनाउन चाहने नगरबासीले दर्ता स्टेशनबाट कार्यालय समयमा सेवा लिन सक्ने उहाँले बताउनुभयो । स्टेशनमा खटिने एक जना प्राविधिक सहयोगीले अनलाइन फारम भर्ने, फोटो खिच्ने काम गर्नेछन भने फारमको रुजु अधिकृत न्यौपानेले गर्दै आउनुभएको छ ।
यसअघि निजगढको लागि इलाका प्रशासन कार्यालय सिमराबाट परिचयपत्र निर्माणको काम हुँदै आएको थियो ।