निजगढ नगरपालिका वडा नम्बर ३ र ७ मा हिजो सुधारिएको चुल्हो वितरण गरिएको छ ।
वडा नम्बर ७ र ३ को वडा कार्यालयले रौतहटको इन्भारामेन्ट प्रोटेक्शन सेन्टरको सहयोगमा न्यूनतम शुल्कमा चुल्हो वितरण गरेको हो । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको सो संस्थामार्फत वडा नम्बर ७ का १ सय ९ घरधुरी परिवारलाई चुल्हो वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर लामाले बताउनुभयो । प्रतेक घरधुरी परिवारमा १÷१ वटाको दरले चुल्हो वितरण गर्ने लक्ष्य राखिएको बाँकी परिवारमा आगामी दिनमा वितरण गरिने वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।
वडा नम्बर ७ मा करिव ९ सय ५० घरधरी परिवार रहेका छन । त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ३ मा पनि हिजो सुधारिएको चुल्हो वितरण गरिएको छ । वडा कार्यालयको समन्वयनमा चुल्हो वितरण गरिएको हो । सुधारिएको चुल्होको प्रयोग बिधुतबाट पनि प्रयोग गर्न मिल्ने भएकोले किफायति र फाइदाजनक भएको वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले बताउनुभएको छ ।
सो चुल्होमा मकैको खोया र सुकेको दाउरासमेत प्रयोग गरेर वा बिधुत जडानबाट समेत प्रयोग गर्न सकिनेछ र हावाहुरी चलेको अवस्थामा पनि आफ्नो कोठामा राखेर प्रयोग गर्न मिल्ने बताइएको छ । चुल्होको प्रयोगबाट वन विनास रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने वडा अध्यक्ष अध्यक्ष तिमल्सिना बताउनुभयो ।