निजगढ नगरपालीकाको मुख्य सडक र भित्री सडकमा अव्यवस्थित रुपमा राखिएको सामग्रीहरु राख्दा स्थानिय र व्यापारीहरु चिन्तित भएका छन ।
सडकमा राखिएको ठेला , अटो र मोटरसाईकलहरु अव्यवस्थित भएकै कारण आफुहरु चिन्तित भएको बताउछन राप्रपा निजगढका अध्यक्ष एवम स्थानिय व्यापारी खडक प्रसाद उप्रेती । उनले सामाजिक संजालमा “अस्त बेस्त निजगढको शहीद चोक न पहिलेका मेयर सुरेश खनालको आँखा गयो न अहिलेका मेयर सुरथ पूरी लगायत सम्बन्धित वडा अध्यक्षको निजगढ नगरको मुटु मानिने शहीद चोकको हालतले के संदेश देला ” भन्दै लेखेका छन ।
पटक-पटक निजगढ नगरपालीकाले सडकमा अव्यवस्थित रुपमा राखिएको सामग्रीहरु हटाउ भन्दै १५ दिने सुचना समेत निकालेको पाईन्छ तर सो सुचनाको कार्यनयन नै हुन्छ नत कुनै पुन कसरत नै ।
केहि समय अघि निकालिएको नगरपालीकाको सुचना हेरौ
यसबाट व्यापारीहरु चिन्तित रहेको र शहिदको मुहार समेत कुरुप रहेको देख्न सकिन्छ ।
निजगढ नगरपालिकाको शहिद चोकमा राखिएको अव्यवस्थित ठेला, मोटरसाईकल, अटोहरुको दृश्य हेरौ ।
र यो पनि
https://presschitra.com/not-allowed-to-place-any-kind-of-materials-on-the-roads-of-nijgadh/