बाराको निजगढ ९ मा मृत्यु भएका एक व्यक्तिको लाश अन्त्यष्टि गर्ने विषयमा भएको विवादपछि स्थानीय वासीले निजगढको पूर्वपश्चिम राजमार्गमा शनिवार दिउसो ३ घण्टा चक्काजाम गरेका छन । दिउसो २.३० बजेबाट सुरु भएको चक्काजाम साझ ६:३०बजे प्रहरीले जनाएको छ ।
निजगढ ९ बजार टोलका महमुद आलमको मृत्युपछि परिवार र आफन्तले घरको आगनमा लास गाढेको भन्दै छिमेकी र स्थानीयले विरोध गरेका थिए । उनीहरुले कब्रस्थानमा लगेर संस्कार गर्नुपर्ने भन्दै गाढेको लास निकाल्न प्रयास गरेपछि दुबै पक्षबीच झडपसमेत परेको थियो । मृतकका आफन्त र छिमेकीको ढुङ्गा प्रहारबाट स्थानीय २ जना घाइते बनेका छन । घाइते मध्ये निजगढ ८ का रोज महमदको स्थानीय क्लिनिकमा उपचारपछि थप उपचारको लागि काठमाण्डौं पठाइएको छ ।
पटक-पटक छिमेकी स्थानियले भन्दा आफन्तले गाढेको लास निकाल्न नमानेपछि स्थानीयले निजगढ बजार स्थित जमुना पैनी लच्कामा दिउसो २.३० बजेबाट चक्काजाम गरेका थिए । सहमति पछि साझ नै चक्काजाम खुलेको निजगढ प्रहरीले जनाएको छ । आगामी दिनमा कनै पनि मृतकको शव घर नजिक गाढन नदिने र ढुङ्गा प्रहार गर्ने माथि कानुनी कारबाही गर्ने र घाइतेको उपचार खर्च बेहोर्न लगाउने सर्तमा राजमार्गको चक्काजाम खुलेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरक्षक सन्जिव ओलीले जानकारी दिनुभयो ।