धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा रहेका ६ जना थुनुवाहरू आज बिहान फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले केटिएम दैनिकलाई बताएअनुसार फरार अभियुक्तहरूमध्ये दुईजना हातहतियार मुद्दाका अभियुक्तहरू हुन् भने तीन जना अभ्रद व्यवहार र एकजना लागुऔषध मुद्दाका अभियुक्तहरू हुन् ।
उनीहरूले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट दुलो बनाएर फरार भएका हुन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रवक्ता क्षेत्रीले बताए ।