बाराको पचरौता नगरपालिकाका मेयर चुनाबमा आफुले गरेको बाचा अनुरुप किसानले प्रयोग गर्दै आएको कृषी मिटरको महशुल महशुल पचरौता नगरपालिकाले तिरेको छ । किसानको सहुलियतका लागि नगरपालिकाका नगर प्रमुखसहितको टोलीले काठमाण्डौ पुगेर कृषी मिटरको वक्यौतासहितको ४८ लाख १५ हजार रुपैया महशुल तिरेको हो ।
नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादव र नगरपालिकाका कर्मचारी मुकेश सिंहले काठमाण्डौ पुगेर कृषी मिटरको महशुल बुझाएका हुन् । नगर प्रमुख सिंहले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चेक हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख सिंहका अनुसार नगरपालिकाले यस अघिको बक्यौता रकम देखि हाल सम्मको रकम गरि करिब ४८ लाख १५ हजार रुपौया नगरपालिकाले भुक्तानी गरेको पचरौता नगरपालिका कर्मचारी मुकेश सिंहको जानकारी दिए । नगरक्षेत्रभित्र रहेका १ हजार ३३ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत मिटरको महसुल तिरिएको हो । सिंहले चुनावी प्रचारका क्रममा किसानले प्रयोग गर्दै आएको कृषी मिटरको रकम पालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएका थिए ।
यस्तो कार्यले किसानलाई राहत मिल्ने र किसानलाई कृषी क्षेत्रमा आकर्षित गर्ने नगर प्रमुख सिंहको भनाई छ । आगामी दिनमा किसानको लागी अन्य योजना पनि रहेको उनले बताएका छन ।