प्रलाद तिमल्सिना , बारा ।मधेश प्रदेश सरकारका भौतिक पुर्वाधर बिकाश मन्त्री सरोज यादबले निजगढको विकासको लागी सहकार्य गरेर काम गर्ने बताएका छन । शनिबार बाराको निजगढ गौरीशंकर क्याम्पसको परिसरमा भएको एक कार्यक्रममा मन्त्री यादबले यस्तो बताएका हुन ।
अन्य प्रदेशमा सत्ता गठबन्धनको खटपट पर्न सक्ला बरु हाम्रो यस प्रदेशमा ५ बर्ष नै गठबन्धन बिच मिलेर काम गर्ने मुख्यमन्त्री संग समझदारी भएको कारण पनि यो सरकार दिगो रहेको मन्त्री यादबले बताए । नेकपा एमालेका मधेश प्रदेशका संसदिय दलहका नेता समेत रहेका मन्त्री यादबले हामीले जनता नै सर्बोपरी ठानेर काम गर्ने प्रणय गरेको बताए ।
यो सरकारले जनतालाइ नै सर्बोपरी ठानेर काम गर्ने लक्ष्य लिएको कारण समाजका हरेक अंगमा मधेश सरकार भएको अनुभुत हुनेगरी काम गर्ने मन्त्री यादबको भनाइ रहेको थियो । यसै क्षेत्र १क बाट निर्वाचित मुख्य मन्त्री सरोज कुमार यादव आफ्नो हितैसी मित्र रहेको र १ख का त्रिलोकी चौधरी र बारा क्षेत्रनं १ का संघिय सांसद अच्युत मैनाली र नगरप्रमुख सुरथ पुरी,उपप्रमुख सँग निजगढको विकासको निम्ती सल्लाह लिएरै विकास निर्माणको काममा अघि बढने बताएका छन ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकि उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नं ७ का वडा अध्यक्ष टेक ब थिङ्ग, वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, गौरी शंकर क्याम्पसका प्रमुख राम प्र गौतम, गौरी शंकर मा वि ६ विद्यालयका प्रधानाध्यपक यादव कु तिमल्सिना , गौरी शंकर क्याम्पसका अध्यक्ष एक ब श्रेष्ठ , गौरी शंकर मा वि ६ विद्यालयका अध्यक्ष थानेश्वर सापकोटा लगायतको उपस्थिती रहेको थियो ।