बाराको विभिन्न शिवमन्दिर लगाएत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाएकाछन।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ ।


भिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।
त्यस्तै निजगढको पुरानो निजगढ वडा नं ४मा रहेको महादेवको मन्दिर, वडा नं ५मा रहेको महादेवको मन्दिर, ६मा रहेको महादेवको मन्दिर, ७मा रहेको महादेवको मन्दिर र ९ मा रहेको महादेवको मन्दिरहरुमा शिवको पुजाआरधना गरिएको छ ।
यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।
















