बाराको निजगढमा फागुन ७ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको निजगढ नगर कमिटीको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।
प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम हुन लागेको आयोजक राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमस्सिनाले जानकारी दिनुभयो । उनका अनुसार रक्तदान कार्यक्रम विहान ७ बजेदेखी निजगढ शहिदचोकबाट सुरु हुने छ ।
दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले त्यसको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको तिमस्सिनाले बताए ।