प्रलाद तिमल्सिना- बारा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल निजगढले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ३ महिला सहित ६७ जनाले रक्तदान गरेका छन् । महिलामा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग सहितले रक्तदान गर्नुभएको थियो ।
प्रजातन्त्र दिवशको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल निजगढले बृहत रक्तदान कार्यक्रमको आयोजना शहिदचोकमा गरेको थियो ।
अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल निजगढका अध्यक्ष घनश्याम तिमल्सिनाले प्रेस चित्र डटकमलाई बताउनुभयो ।
उक्त रक्तदान कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग साथै नेता तथा सामाजसेविहरु लगायत वडाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल निजगढका अध्यक्ष घनश्याम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो । रक्तदान गरेकाहरुलाई नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, जिल्ला समन्वय समिति वाराको उप-सभापति चण्डिका उप्रेती, पुर्व उपप्रमुख लिलादेवि लामिछाने, निजगढ खानेपानी तथा सरसफाई समितिका अध्यक्ष शुदर्शन प्रसाद कोइराला लगायतले प्रमाणपत्र दिएका थिए ।