बाराको निजगढमा प्रहरीले यात्रुबहाक टेम्पुबाट रतनपुरबाट लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिकास्थित रतनपुर अस्थायी प्रहरी पोष्टको प्रहरी टोलीले शनिवार राती करिब ११ बजे गाँजा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २१ भोरहा मटेरिया बस्ने रामदेव चौधरीका २१ वर्षिय छोरा सन्तोष चौधरी र सोही अटोमा सवार भारत बिहार जिल्ला पूर्वी चम्पारण, ग्राम रक्सौल वडा नं. ९ बस्ने इसु मियाँको छोरा वर्ष ३० को महम्मद फियाजलाई पक्राउ गरेको हो । निजगढ नगरपालिका वडा न. ११ रतनपुरस्थित सडकमा उत्तरतर्फबाट आउँदै गरेको ना १ ह ६९०१ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा सो अटोको पछाडि इन्जिनको दाँया बायाँ २ वटा पहेलो रंगको प्लाष्टिको बोरा बाँधेको अवस्थामा ८ केजि गाँजा फेला पारिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले बताउनुभयो ।
प्रहरीले पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला अदालत बारामा पेस गरी कारबाही अघि बढाएको छ ।