काठमाडौं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानूनी रुपमै सम्बन्ध विच्छेद भएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले छवि र सिल्पालाई अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको छ ।
त्यस्तै, अदालतको आदेशमा अंशबण्डा नहुन्जेलसम्म शिल्पालाई छविले मानाचामल भर्नसमेत आदेश दिएको छ ।
यो सँगै अब भागबण्डामा छविको आधा सम्पत्ति शिल्पाको नाममा हुनुपर्नेछ । न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले शिल्पाको उजुरीमा दाबी पुगेकाले फैसलामा उक्त आदेश दिएको हो ।