अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बाराको निजगढ नगरपालिकाले हिजो नगरस्तरीय उपप्रमुख खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरेको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निजगढमा ‘आजका नारी’ शीर्षकमा नगरस्तरीय उपप्रमुख कविता वाचन प्रतियोगिता गरेको हो । प्रतियोगितामा अनुपराज उप्रेतीको कविता पहिलो बनेको छ ।
उप्रेतीले १५० पुर्णाङ्गमा १२७ अंक ल्याएर पहिलो बन्नुभएको हो । उहाँले पुरस्कार स्वरुप ५ हजार प्राप्त गर्नुभएको छ । त्यसैगरी संस्कृति अधिकारी १०४ अंक ल्याएर प्रतियोगितामा व्दितीय र १०३.५ अंकका साथ गितान्जली दङ्गाले तृतीय हुनुभएको छ । दृतिय हुने अधिकारीले ३ हजार तृतीय स्थान प्राप्त गर्ने दङ्गालले २ हजार पुरस्कार पाउनुभयो ।
विजयी तिनै जना गौरीशंकर मावि निजगढ ८ मा अध्ययनरत छात्रछात्रा हुनु । विजयी प्रतियोगीहरुलाई निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । निजगढ ८ स्थित निजगढ ब्याङ्गकुट एण्ट पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा निर्णायक मण्डलका सदस्य एंव पोखराका सुप्रसिद्ध छन्दकार सुदेश सत्यालले पनि महिला हिंसा शीर्षको कविता वाचन गरेर सुनाउनुभएको थियो ।
१२ जना प्रतियोगि सहभागी भएको प्रतियोगिताको निर्णायक मण्डलमा सत्यालसहित भोलाप्रसाद चौलागाई र माधव खतिवडा रहनुभएको थियो । उपप्रमुख थिङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख पुरी, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य अरुणा विकलगायतले नारी दिवसको महत्वको बारेमा बोल्नुभएको थियो । यसअघि निजगढ नगरपालिकाबाट सुरु भएको प्रभातफेरिका सहभागीहरु निजगढ बजार परिक्रमापछि पार्टी प्यालेसमा पुगेर कार्यक्रममा सहभागी बनेका थिए ।