प्रलाद तिमल्सिना, निजगढ ।
मधेश प्रदेशका मिटरब्याजी पीडितहरुले बर्दिबासबाट काठमाडौँसम्म पैदल यात्रा सुरु गरेका छन् । उनीहरूले चैत २ गतेदेखि बर्दिबासबाट हिडन सुरु गरेको र सोमबार साँझ निजगढ आईपुगेका हुन ।
आन्दोलन गर्न काठमाडौँ हिँडेका मिटर ब्याज पीडितहरुले सोमबार साँझ बाराको निजगढको वुद्धचोकमा प्रदर्शन समेत गरेका छन् । निजगढ आइपुगेका मिटरब्याजी पीडितहरुको मार्च अभियान गर्दै निजगढबाट मंगलबार दिउँसो पथलैया हुदै हेटौडा तर्फ लाग्ने अभियानमा हिँडेको पीडित संघर्ष दाहालले जानकारी दिए ।
मिटर ब्याज विरुद्धको सघंर्ष समिती नेपालले बर्दिवासदेखी काठमाडौँसम्म मिटरब्याज विरुद्ध पीडितको मार्च, पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको पैदल यात्रा सुरु गरेको हुन् । करिब ४-५ वर्ष पहिला देखि नै काठमाडौँमा समेत आन्दोलन गर्दा पनि निस्कर्ष ननिस्केको अवस्था रहेको थियो ।
उनिहरु मिटरब्याज विरुद्धको संघर्ष समिति करिब २ सातासम्म हिँडेरै काठमाडौँसम्म पुग्ने र सरकारलाई घचघच्याउने अभियानमा छन्। त्यसपछि काठमाडौँमै आन्दोलन गर्ने उनीहरूले बताए । साहु महाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरे।
विभिन्न प्रकारका धाकधम्की लगाउने लगायतका कारण आफुहरु घरमा बस्न सक्ने अवस्था नरहेकाले आन्दोलन मार्फत आफ्ना समस्या सरकारलाइ सुनाउन पैदल यात्रामा निस्केका सिराहाका महोमद मुत्सफिन को भनाइ छ।
निजगढ नगरपालिकाको सहयोग
यता निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मिटरब्याजी पीडितहरुलाई भेटेर निजगढमा बस्नको लागी बारा उद्योग वाणिज्य संघ निजगढ शाखा सँग समन्व्य गरि बस्न व्यवता समेत मिलाउनु भएको छ । २१औ शताव्दिमा पनि मिटरब्याजीबाट आम जनता पिडित रहेको र कतिले ज्यानै त्याग्ने गरेको यस्तो कार्यमा सरकारको ध्यान जानुपर्ने प्रमुख पुरीले बताउनु भयो । नगरप्रमुख पुरीले मिटरब्याजी पिडितहरुलाई २ छाकको खाना नगरपालिकाले व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।