विहिबारबाट सिमरामा शुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा भरतपुर फुटबल क्लब प्रवेश गरेको छ ।
आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ को अन्तरले पन्छाउँदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । शूरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।
भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए ।
सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए ।
आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे ।
शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ ।
कार्यक्रमको उद्घाटन
प्रतियोगिताको एक कार्यक्रमका बिच बारा क्ष्ँोत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिमरा रंगशालाको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले यस क्ष्ँेत्रको विकासमा जीतपुरसिमरा गोल्डकपले ठुलो भुमिका खेलेको बताउनुभयो ।
श्रेष्ठले यस क्ष्ँेत्रको समग्र विकासमा आफुले नेतृत्व गर्न पाउदा खुशी भएको भन्दै सिमरा रंगशालाको क्षमता विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले खेलको विकासमा आयोजकले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको स्तरउन्नतीको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेल र खेलाडीको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल प्रा.लिका कर्पोरेट भिसी पिआर कृष्ण दत्त भट्ट, संविधानसभा सदस्य शोभाकर पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, सहायक रथी श्री नं २८ का सानुकाजी थापा, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष भट्राई, समाजसेवी काशिम मिया लगायतको उपस्थिति रहेको थियो । नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक सुनिल गाउलेले गर्नुभएको थियो । कार्यक्रममा क्लबका महासचिव शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
आजदेखि शुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैया र उप बिजेताले नगद ५ लाख रुपैया पाउनेछन् । रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा यसबर्ष फुड फेस्टिबलको आयोजना गरिएको छ । आयोजक क्लबसंगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले फुडफेस्टिबलको आयोजना गरेको हो । फुड फेस्टिबलमा खानाका बिभिन्न परिकारका स्टल राखिएको छ ।