बाराको निजगढ नगरपालिकाको विशेष अनुरोधमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वुधवार नगरका खोलाको अनुगमन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवंम बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा नेतृत्वको टोलीले निजगढ नगरपालिका क्षेत्र भित्र पर्ने बकैया, शक्ति, लाल/भक्तलाल र धन्सार खोलाको अनुगमन गरेकोे थियो ।
खोला अनुगमनको क्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले हरेक बर्ष निजगढका विभिन्न क्षेत्रमा बाढी र नदी कटानले नगरबासीको धनजनको क्षति गर्दै आएको र यसको नियन्त्रणको लागि नदीको च्यानलाइज संगै स्वीकृत आइई प्रतिवेदन अनुसार नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नगरपालिकाको अनुरोधमा आफूहरुले शंभावित जोखिमको अवस्थाबारे स्थलगत रुपमा अनुगमन गरेको र समितिको बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिति बाराका प्रमुख श्री नरेन्द्रकुमार साह, डिभिजन वन कार्यालय, बाराका प्रमुख विनोद सिंह, डिभिजन सिंचाई कार्यालय, बाराका प्रमुख हसमद अन्सारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगट, सशस्त्र प्रहरी वल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराका प्रमुख टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अभिमन्यु कुमार सिंह, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, वडा नं१ का अध्यक्ष मंगल लोप्चन, वडा नं३ का अध्यक्ष गोकुल तिमल्सिना, वडा नं५का अध्यक्ष सुर्य थापा , वडा नं६ का अध्यक्ष घनश्याम तिमल्सिना, वडा नं८ का अध्यक्ष सुवर्ण लामा, वडा नं९ का अध्यक्ष रामचन्द्र कटवाल, वडा नं१० का अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नं११ का अध्यक्ष सहइया गुरो, वडा नं१२ का अध्यक्ष ज्ञान बहादुर गोले , कार्यालयका कर्मचारीहरु र जिल्ला स्थित संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
वर्षाको बेला खोलाले निजगढ नगरपालिकाको खेतियोग्य जमिन कटान गर्ने गरेको छ । केहि समय अघि पनि चुरेको फेदमा रहेको यस क्षेत्रको सिँचाईको लागी मुहान खोज्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र प्रदेशसभा सदस्य त्रिलोकी चौधरी सहित खोलाको अनुगमन गरेका थिए ।