केहि समय अघि सम्म छिट्टै बिहे गर्ने भनेर विभिन्न मिडियामा अन्तरवार्ता समेत दिएका कलाकार सौगात मल्ल र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ ।
फिल्म नगरीमा सुन्दर मानिने अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको जोडी छुट्टिएको छ । ईन्स्टाग्रामबाट सृष्टिले सौगात सँगका पोस्ट हटाएपछि गरिएको आशंकालाई पुष्टि हुने गरी सौगातले बोलेको छन् ।
‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं, भन्दै पोइ पर्यो काले जोडी सहमतीमै छुट्टिएको हो । अहिलेको समयमा गर्नुपर्ने कामलाई अघि राखेर अघि बढ्ने सोचेको छु । यसमा मलाई अहिले नै हतार छैन । हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो, सौगातको भनाई छ । सौगात यतिबेला पशुपति प्रसाद २, भष्मे डनको छायाँकनमा व्यस्त छन् कामिनो र अगस्त्यमा पनि अनुबन्धित भएका छन् । सृष्टि परिवारसँग युकेमा छिन् । उनी अब अध्ययनमा व्यस्त हुनेछिन् ।
फिल्म ‘माइकल अधिकारी’ र ‘राधा’ रिलिजताका सौगात र सृष्टिले बैशाखमा विवाह गर्ने योजना रहेको समेत सार्वजनिक गरेका थिए । उक्त विवाहको खबर कुनै योजना अनुसार नभएको र मिडियाले ‘गर् कि गर्’ भन्ने प्रश्नको जवाफ मात्रै रहेको सौगातको दाबी छ ।
सौगात र सृष्टि विगत सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले ‘लालपुर्जा’, ‘पोइ पर्यो काले’, ‘माइकल अधिकारी’, ‘राधा’मा एकसाथ अभिनय गरेका छन् । सृष्टि अभिनित ‘प्रेमा’ यो शुक्रबारबाट प्रदर्शन हुँदैछ ।