प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज निर्धारित समयसीमा भित्र ३६ जनाले उम्मेदवारी दिएका हुन् ।
नेपाली काग्रेस, माओवादी, लोसपा लगायतको गठबन्धनबाट जसपाका केन्द्रिय अध्यक्ष एवम पुर्व उप-प्रधानमन्त्री उपेन्द्र यादबले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालेको तर्फबाट पुर्व मन्त्री पुरुषोत्तम पौडेलले उम्मेदबारी दर्ता गर्नु भएको छ । त्यस्तै डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुश्वाहा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुर्व प्रहरी रमेश खरेलले उम्मेदवारी दर्ता गर्नु भएको छ । विवेकशिल साझाबाट लक्ष्मण यादब, राप्रपाबाट सोनालाल साह, नागरिक उन्मुक्तीबाट डा. कमरुल्लह अन्सारी, नेपाल संघीय समाजवादी नेजारुल अन्सारीले उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी मंगोल नेशनल संगठनबाट प्रमोद राम, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, मजदुर किसान पार्टीबाट मुक्ती प्रसाद यादब र आम जनता पार्टीबाट अरुण ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्रबाट २१ जनाको उम्मेदबारी परेको छ ।
जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको यो निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ ।
१३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा बिगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएको हो ।
जित निश्चित छ जनताले हामीलाई रोज्नेछन
एमालेबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका पछि एमालेको मात्र नभई सिंङ्गो बारा २ वासीको चाहाना अनुरुप हामीलाई भोट गर्नेछन तेसैले जनताले आफुलाई नै रोज्ने बताउनु भएको छ । यो उपनिर्वाचन जनताको भविष्यको रेखा हो,’ उनले भने, ‘यो क्षेत्रबाट एमालेले २०४८ साल, २०५६ सालमा जितेको थियो, अहिले फेरि जित्ने संकेत आएको छ ।’
यस क्षेत्रमा उत्पीडित जाती, क्षेत्र, लिङ्ग एमालेको पक्षमा खडा भएकाले आफूले जित्ने पौडेलको दाबी छ । ‘गठबन्धन नेताहरुको बिचमा भएको हो जनताको बिचमा होइन,’ उनले भने, ‘देश र जनताको विकासको नेतृत्व गर्ने एमालेले देखाइसकेकाले मेरो जित सुनिश्चित छ ।’
जनतामा दुविदा हारेकालाई पुन भोट दिने कि टुरिस्टलाई दिने कि बाराकै उमेद्वारलाई दिने
हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । उपेन्द्र यादव, रमेश खरेल , शिवचन्द्र कुश्वाहा गत निर्वाचनमा पराजित अनुहार हुन भने पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार हुन । अब बारा २ का जनताले कस्तो को व्यक्तीलाई मत दिनेछन त्यो भने हेर्न बाँकी नै छ ।