जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
बारामा हुदै गरको उप निर्वाचनमा जसपाले बुथ कब्जा गरेको उनले सन्चार्कर्मीहरुलाई बताएकाछन । बारा क्षेत्र न. २ मा भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् ।
उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ ।
जनमतले शनिबार नै बुथ कब्जा हुनेबारे जानकारी पाएको पनि जनाएको थियो । सोबारे प्रहरीलाई जानकारी दिँदा कुनै सुनुवाइ नभएको बताइएको थियो । यद्यपि उता प्रहरी प्रशासनले भने बुथ कब्जा नभएको जनाएको छ । उनले सन्चार्कर्मीहरुलाई हरेक बुथमा गएर स्थलगत निरिक्षण गरिदिन समेत आग्रह गरेका छन ।