प्रलाद तिमल्सिना, बारा प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ को मतगणना आज सोमबार बिहान ११ बजेबाट हुने भनिएको मतगणना अझै शुरु हुन सकेको छैन ।
मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएता पनि राजनितक दलका प्रतिनिधीहरु उपस्थित नहुदा शुरु हुननसकेको हो ।
मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुन लागेको छ । मतपेटिकाहरू १० गते रातिनै मतगणना स्थल ल्याइसकेको छ ।
बारा २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
बारामा मुख्य प्रतिस्पर्धामा जसपा गठबन्धनबाट उपेन्द्र यादव र सिके राउतको पार्टी जनमतका शिवचन्द्र कुश्वाहाको चर्चा रहेको छ ।