बाराको निजगढमा रहेको सामुदायिक अस्पतालको नयाँ संचालक समिति गठन गर्ने बारेमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु बीच सहमति भएको छ ।
यस सँगै संचालक समितिको पदाधिकारी र सदस्यहरु चयन गर्ने बारेमा दलका प्रतिनिधिहरुबीच हिजो भएको बैठकमा सहमति भएको साधारण सभाको बन्द सत्रका सदस्य अम्बिका चौलागाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार समितिको अध्यक्षमा माधव न्यौपाने, उपाध्यक्षमा सावित्री भारती, सचिवमा कैलाश तिमल्सिना, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा भाइकाजी श्रेष्ठ र अन्य सदस्यहरुको नाममा पनि सहमति भईसेको छ । तर निर्वाचन समितिले नाम घोषणा गर्न बाँकी राखेको छ । सहमतिको नाम सम्भवत आज नभए भोली सम्म घोषणा गरिने संयोजक चौलागाईले जानकारी दिनुभयो ।
नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका प्रतिनिधिहरुबीच समिति गठनमा सहमति भएको हो । यसअघि दुई जेष्ठ १ गते भएको अस्पतालको साधारण सभाले नयाँ संचालक समितिका पदाधिकारी र सदस्य चयन गर्न नसकेपछि साधारण सभा स्थगित गरेर जेष्ठ १५ गतेको लागि मतदानको मिति तोकिएको थियो ।