बारामा सडेको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको निजगढ नगरपालिका–९को जंगलमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी बाराले जनाएको छ ।
शव मान बहादुर मगरको रहेको प्रहरीले जनाएको छ ।
निजगढ नगरपालिका वडा नं४का मगर कहि समय अघि देखि रौतहटको सिम्रीमा बसोवास गर्दै आएका र निजगढमा वृद्ध भत्ता लिन आउदा जेठ २७ गते देखि बेपत्ता भएका थिए । मगरले लगाएको कपडा र भत्ता लिन आउदाको सक्कल नागरिकताको आधारमा शव पहिचान भएको थियो ।
घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । शवलाई प्रहरीले मगरको परिवारलाई दाहसंस्कारको लागि जिम्मा लगाएको छ ।