प्रलाद तिमल्सिना, बारा — बारा प्रहरीले बसमा लोड गरिएको ६ केजि ५०० ग्राम लागुऔषध गाँजा सहित ३ जनालाई मंगलबार दिउसो पक्राउ गरेको छ । निजगढस्थित पूर्वपश्चिम लोकमार्गको उनासी किलो पुलमा चेकजाँचको क्रममा पोखराबाट जनकपुर जादै गरेको ग १ ख ९९२८ नं.को बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेले जानकारी दिए । ईलाका प्रहरी कार्यलय निजगढबाट खटिएको चेकिङ्ग टोलीले विशेष सूचनाको आधारमा बसलाई चेकचाँज गर्दा सो गाँजा बरामद गरिएको हो ।
पक्राउ पर्नेमा धनुषा ढल्केवर न.पा.वडा नं.७ केमलीपुर बस्ने अन्दाजी ३० बर्ष कि राम पुकारी साह रहेको प्रहरीले जनाएको छ । बस चालक र सह-चालकको मिलोमत्तोमा सो गाँजा ओसार-पसार हुनसक्ने आशंकामा बसका चालक कमल दमाई र सहचालक अमित लम्साललाई थप अनुसन्धानको लागि पक्राउ गरेको बारा प्रहरीले प्रेस चित्रलाई बताएको छ ।
गत शुक्रबार पनि बाराबाट २ सय ६२ केजी गाँजा प्रहरीले बरामद गरेको थियो । सो गाँजा भारत लैजान लागेको प्रहरीले आशङ्का गरेको थियो ।