- प्रलाद तिमल्सिना, निजगढ –
बाराको निजगढ नगरपालिका स्थित बकैया खोलामा गएराति नदीजन्य पदार्थ अवैध उत्खनन गरिएको पाईएको छ । अवैध उत्खनन गरिएको अवस्थामा ईलाका प्रहरी निजगढले १ वटाअनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको २ वटा टिपरलाई नियन्त्रण लिएको छ ।
ईलाका प्रहरी निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठका अनुसार काठमाडौ निजगढ-द्रुतमर्गको ठेक्का पाएको चाईनिज कम्पनीको सो टिफर र जेसिबी सोमबार राती २ बजे प्रहरीले नियन्त्रण लिएको थियो ।
मापदण्ड विपरीत जेसिबीको प्रयोग गर्दै नदीजन्य पदार्थको मनलाग्दी उत्खनन गर्दै नदीजन्य पदार्थको राति -राती दोहन गरेपछि विषेस सुचनाको आधारमा प्रहरीले जेसिबी राति खोलाबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको टिफर ईप्रकामा र जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा निजगढंमा राखिएको छ । यता प्रहरीले नियन्त्रण लिएपछि ठेकेदारले चलाखी पुर्ण जिल्ला समन्वय समितिमा गई १लाख रुपैया मात्र जरिवाना तिरी जेसिबी र टिफर छुटाएका थिए । बकैयामा यसरी वर्षाको समयमा अवैध रुपमा खोला उत्खनन हुदा पानी बस्तीमा छिर्ने त्रास स्थानियहरुमा रहिआएको छ ।
चीनीया कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ ।
केहि महिना अघि पनि प्रहरीले यसरी अवैध रुपमा खोलाबाट तीनवटा एक्साभेटर नियन्त्रण लिएको थियो ।