बाराको निजगढ स्थित तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढमा संचालन गर्दै आएको परियोजनाको बारेमा स्थानीय सरोकार वालाहरुसंग सुझाव संकलन गरेको छ ।
कार्यक्रममा अस्पतालका परियोजना अधिकृत नविन राजवंशी, निजगढ तिलगंगा अस्पतालका अधिकृत एवंम इन्जिनियर रामगोपाल पाठ, नेत्र सहायक दिपक सुवेदीले परियोजना अन्तर्गत हालसम्म भएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले परियोजनाले निजगढका नागरिकहरुलाई विशेष सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको थियो । उहाँले नगरपालिका र नगरवासिले अस्पतालको भवन निर्माणको लागी हरेक तरिकाबाट साथ र सहयोग गर्ने बताउनु भयो । निजगढ नगरपालिका कार्यालयको सभा हलमा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय उप्रेती, नेपाल रेडक्र सोसाइटी निजगढ उपशाखाका सभापती नारायण शर्मा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रीन्स तिवारी, निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, उपप्रमुख मणिश्वर घिमिरे लगायतको उपस्तिथी रहेको थियो।
तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढ शाखाको सेवा हाल प्राथमिक स्वास्थ्य केन्द्र निजगढ ९मा रहेको ३ वटा कोठामा सन्चालित रहेको छ भने आँखा अस्पतालको भवन छेउमा विद्यालयको नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण भईरहेको छ ।
करिब डेढ वर्षअघि सेवा सुरु गरेको आँखा अस्पतालले हालसम्म बारा, रौतहट, मकवानपुर र सर्लाही जिल्लाका समेत गरी ५ हजार ५ सय जनालाई सेवा प्रदान गरेको सो अवसरमा जानकारी गराइएको थियो । अस्पताले वेल-वेला विभिन्न स्थानमा गएर नि:शुल्क स्वास्थ्य शिविर पनि गर्दै आएको छ ।