निजगढ नगरपालिकाले खरिद गरेको ल्यापटप वडा अध्यक्षले आफ्ना नजिकका आफन्तलाई घरयासी प्रयोगमा दिएको पाईएको छ ।
निजगढ वडा नं १ का वडा अध्यक्ष मंगल लोप्चनले डेल ब्राण्डको ल्यापटप आफन्तलाई दिएको पाइएको हो । लोप्चनले निजगढ नगरपालिकाबाट २०७८ जेठ ४ गते बुझेर लगेको १ थान कम्प्युटर दुरुपयोग गर्दै अर्कै वडाका बासिन्दालाई घरायसी प्रयोगको लागि दिएका हुन ।
वडा कार्यालयको काम–काजको लागि प्रयोग गर्नु पर्ने भन्दै उनले नगरपालिकाको जिन्सी शाखाबाट कम्प्युटर बुझेर लगेको हाल जिन्सी शाखा प्रमुख रिजा पोखरेलले जानकारी दिनु भयो । यता वडा नं १ का वडा सचिव हिरा रानामगरले भने वडा कार्यालयमा कुनै ल्यापटप नभएको बताउनुभयो । “म भन्दा अघि अरु नै वडा सचिव भएकाले त्यतिबेला वडामा आएको ल्यापटप कसले प्रयोग गरेको हो भन्ने बारेमा आफुलाई थाहा नभएको बताउनु भयो । उहाँले कि पुर्व सचिव कि वडा अध्यक्षलाई नै सो बारेमा थाहा हुने बताउनुभयो ।
यसरी नगरको सम्पती वडा अध्यक्षले व्यक्तिगत स्वार्थको लागि आफन्तलाई दिनु गलत हुदाहुदै पनि राजतिनिक पहुचका कारण यस्तो कार्य भएको बताइएको छ ।