खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको नयाँ कार्यसमितिको निर्वाचन आगामी भदौ ३० गते हुने भएको छ ।
समितिको चुनाव गर्न भनेर गठन भएको निर्वाचन मण्डलले निर्वाचन मिति तय गरेको निर्वाचन मण्डलका अघिकृत एवंम निजगढ नगरपालिकाका रोजगार संयोजक रिषभ काफ्लेले जानकारी दिनुभयो । संयोजक काफ्लेका अनुसार भदौ १५ गते मतदाता नामावली प्रकाशन, उम्मेद्वारको मनोनयन पत्र दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
त्यसैगरी भदौ १६ गते उम्मेदवारहरुमाथि दाबी विरोध दर्ता, १८ गते उम्मेदवारको नाम फिर्ता लिने मिति तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि भाद्र २० गते उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको संयोजक काफ्लेले जानकारी दिनुभयो । समितिको निर्वाचन यहि भदौ ३० गते शनिवारका दिन गौरीशंकर मावि निजगढ ६ सडकटोलमा हुने निर्वाचन समितिका निर्वाचन अघिकृत काफ्लेले जानकारी दिनुभयो ।