बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित दुधौरा खोलामा दिनमै नदीबाट अवैध वालुवा उत्खनन गरिएको पाईएको छ ।
अवैध उत्खनन गरिएको अवस्थामा ईलाका प्रहरी निजगढले बालुवा लोड गरिराखेको ४ वटा टेक्टरलाई नियन्त्रण लिएको छ । बालुवा लोड गरिराखेको अवस्थामा ना.६.त.४७६६ ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्वरको टेक्टर ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।
जिल्लाको दुधौरा र बकैया खोलामा यसरी अवैध रुपमा खोला उत्खनन हुदा पानी बस्तीमा छिर्ने त्रास स्थानियहरुमा रहिआएको छ ।
केहि महिना अघि पनि प्रहरीले यसरी अवैध रुपमा खोलाबाट तीनवटा एक्साभेटर नियन्त्रण लिएको थियो । प्रहरीलाई खोलामा टेक्टर पसेको भनेर पटक-पटक सुचना दिदा पनि प्रहरी खासै चासो नदिएको स्थानियहरुको गुनासो रहिआएको छ ।