केहि दिन अघि निजगढ नगरपालिका वडा नम्बर १२ थलीस्थित अपाङ्गता भएकी ११ बर्षिया बलत्कृत बालिकालाई बिरगंज स्थित नारायणी अस्पतालबाट घर ल्याईएको छ ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग स्वयम नारायणी अस्पताल पुगेर व्यक्तिगत रुपमा १ जोर कपडा, नगरबाट खाध्यन्न सामग्री र १ ह्विल चेयर वितरण गरेकी थिईन । वालिकालाई उपप्रमुख थिङ्गको रोहवरमा अस्पतालबाट निजगढ १२ थली घर सम्म छोडिएको थियो । बालिकाको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि बिरगंज स्थित नारायणी अस्पतालमा भएको थियो र हाल अवस्था सामान्य रहेको छ ।
घटनापछि फरार रहेका सोही वडाको रामथली बस्ने ६४ बर्षिया राना माईला भनिने सोमबहादुर लुङ्ग्बालाई इलाका प्रहरी कार्यालय निजगढ माताहातको अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीले निजगढ वडा नम्बर ११ स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । बालिकाको घर नजिकै जङ्गलमा बाख्रा गोठालो गएका लुङ्गबाले घरमा कोहि पनि नभएको मौका छोपेर शुक्रवार दिउसो बालिकालाई बलात्कार गरेका थिए ।
घटनाको समयमा बालिकाकी आमा छिमेकी गाउँमा रहेका आफन्तलाई भेटन भनेर गएकी थिइन । ‘घर फर्किएर आउँदा छोरी रगताम्य भएर अचेत अवस्थामा मझेरीमा छ्टपटाएकी थिइन, उनले भनिन्, पछि बुझ्दै जाँदा अपराधिले कुकर्म गरेको रहेछ ।’ लुङ्गबाले पनि प्रहरी समक्ष बालिका बलात्कारको स्वीकारोक्ति गरिसकेको निजगढ प्रहरीले जनाएको छ । जिल्ला अदालत बाराबाट म्याद थप गरी लुङ्ग्बामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभएको छ । जन्मदेखि नै हिंडन र बोल्नसमेत नसक्ने (विशेष क्षमता) की बालिका आमासंगै घरमा बस्दैआएकी थिइन ।