प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा शुक्रवार प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ।
बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन भने उनिहरुले विभिन्न नारा सहितको प्रदर्शन गरेका थिए ।