निजगढ ९ स्थित समुदायमा आधारित प्रसुती गृह निजगढलाई मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले सहयोग गर्ने बाचा गर्नुभएको छ ।
लक्ष्मी पुजाको साँझ अस्पतालको ल्याब कक्षमा विद्युत सर्ट हुदा आगोलागी भएको र प्रसुती गृहमा करिब २९ लाख बढीको क्षति भएको थियो । सोहि कारण निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मुख्य मन्त्री यादवलाई आगोलागी भएको ल्याब देखाउन र थप सहयोगको लागी निजगढमा मंगलबार बोलाएर देखाउनु भएको थियो ।
प्रसुती गृह निरिक्षणको क्रममा यादवले आफुले सकेको सहयोग गर्न समेत बताउनुएको छ । यता निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मुख्य मन्त्री यादवले सहयोग गर्नेमा आफु विश्वस्त रहेको र नगरपालिकाबाट पनि सहयोग गर्ने बताउनु भएको छ ।
ल्याबमा भएको आगलागीबाट उपकरण तथा केमिकल नष्ट भएपछि नयाँ ल्याब स्थापना गर्नुपर्ने भएकाले प्रसुती गृहका अध्यक्ष माधव न्यौपाने लगायत समितिका पदाधिकारीहरु स्थानिय, प्रदेश र संघ सरकारसंग सहयोग माग गर्ने विषयमा गत विहीबार अस्पताल व्यवस्थापनले सर्वपक्षिय छलफल आयोजना गरेको थियो ।