बाराको कोल्हवी नगरपालिकामा तामागढी बहुउद्देशीय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर १ मा रहेको तामागढी ईभेन्ट होटलको सभाहलमा तामागढी बहुउद्देशीय सहकारी संस्थाको चौथौ साधरण सभा हिजो सम्पन्न भएको हो । संस्थाका अध्यक्ष श्यामप्रसाद खनालको अध्यक्षतामा भएको सो साधरण सभामा प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा दीप प्रज्वलित गरी सभाको उद्घाटन गर्नु भएको थियो ।
साधारण सभामा आर्थिक वर्ष २०७९ ÷८० को वार्षिक प्रतिवेदन संस्थाको अध्यक्ष खनाल र लेखा प्रतिवेदन बिनोज खनालले सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । सभामा वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, संस्थाका उपाध्यक्ष चिन्तामणी चौधरीलगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा संस्थाको प्रबन्धक कुमारसानु प्रसाद चौधरी, सञ्चारकर्मीहरु, संस्था सञ्चालक समितिको पदाधिकारीहरु, कर्मचारी, शेयर धनी सदस्यहरुलगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सञ्चालन रामकुमार शिवाकोटीले गर्नु भएको थियो ।