संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अजय बर्तौलालाई पठाएको छ ।
मन्त्रालयले पुस ५ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव बर्तौलालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइडमा बर्तौलालाईको निजगढ सरुवा बारे जानकारी गराएको छ ।
यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको सरुवा भएको छ ।
उपसचिव निरौलाको सामान्य प्रशासन कार्यालय काठमाण्डौंंमा सरुवा भएको हो । निरौलाको सरुवा बारे सामान्य प्रशासन मन्त्रालयले निजगढ नगरपालिका कार्यालयमा पुस ५ गते निर्णय भएको पत्र पठाएको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।
उपसचिव बर्तौला यस अघि पनि काठमाडौ स्थित कागेश्वरी मनोहरा नगरपालिका लगायत अन्य स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृतमा जिम्बेवारी लिईसक्नु भएको थियो ।