भारत । दक्षिण भारतीय कलेज एसआरएम र एग्रिकल्चर साइन्सका विद्यार्थीहरू अहिले ग्रामीण कृषि कार्य अनुभव संगालिरहेका छन् । कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरूले सो कार्यक्रम सञ्चालन गरेका हुन् । सो कार्यक्रमले विद्यार्थी र किसानहरूमाझ धेरै किसिमका अनुभव र ज्ञान बाँडिरहेको छ । ९० दिन सञ्चालन हुने सो कार्यक्रमअन्र्तगत सहभागी विद्यार्थीहरू धेरैैजसो समय गाउँमै रहन्छन् र विभिन्न ठाउँमा अवलोकन गर्छन् । खासगरी गाईहरूमा देखिएको लम्पीस्किन रोग, टेरिस गाडेनिङ आदिबारे अध्ययन र ज्ञान साट्छन् ।
उनीहरूको सो जनचेतनामूलक कार्यक्रममा एसआरएम कलेजका डिन डा.जवारलाल, प्रिन्सिपल डा.राजेशीकरन, डा.एस.अम्बिका, डा.राजीव, डा.थमिज हनान, डा.एचए अर्चनासहित गाउँका किसानहरू भेला गर्दै आएका छन् । दक्षिण भारतको चेन्नाई वरपरका थुप्रै गाउँहरू सहभागी भइरहेका सो कार्यक्रममा कृषि विज्ञानका विद्यार्थीहरूले टेरेस गार्डेनिङ कस्तो तरिकाले गर्ने, लम्पी रोग गाईमा कस्तो तरिकाले नियन्त्रण गर्ने भन्ने विषयमा ज्ञान र सूचना बाँडेका थिए । साथै उनीहरूले किसानलाई मुला, टमाटर, सागसब्जीहरूको बिउ पनि वितरण गरेका थिए ।
एसआरएमसिएएसका विद्यार्थीहरूले राम्रो तालिम र ज्ञान बाँडेको भन्दै किसानहरूले धन्यवादसमेत दिएका छन् । उनीहरूको कार्यक्रमहरू प्रभावकारी भएको भन्दै तमिललाँडुको पत्रिका तमिज मुरसुले समेत समाचार छापेको छ । सो प्रोग्रामले विभिन्न ठाउँका किसानहरूले तालिम तथा ज्ञान पाएका छन् । नेपालबाट अध्ययनका लागि दक्षिण भारत गएकी विद्यार्थी कुसुम सापकोटाको नेतृत्वमा केरेलाकी पूर्णिमा चन्दन, अक्क्षया, राधिका, प्रीति, लिन्सी, अर्चना, मुगिला, दिब्यासीलगायत विद्यार्थीले सो ९० दिने कार्यक्रमको अगुवाइ गरेका हुन् । साभार : हिमालय टाइम्स