निजगढ नगरपालिका– ४ स्थित बागभैरव सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा मृत अवस्थामा चितुवा फेला परेको छ ।
बाघभैरव वन समूह र जनजागृति सामुदायिक वन उपभोक्ता समूहको सिमानामा पर्ने जलोकी खोल्सी हद्दामा मृत अवस्थामा चितुुवा देखिएपछि आफूहरुले डिभिजन वन कार्यालयमा खबर गरेको बाघभैरव वन समूहका अध्यक्ष अमर स्याङ्तानले बताउनुभयो ।
घटना स्थलको प्रकृति हेर्दा सो चितुुवाको कालगतिले मृत्युु भएको देखिन आएको डिभिजन वन कार्यालय बाराका प्रवक्ता जवाहरलाल प्रसाद कुर्मीले बताउनुभयो । करीब सात फिट लम्बाइ र अढाई फिट उचाइ रहेको वृद्ध अवस्थाको सो चितुवा कालगतीले मरेको हुनसक्ने कार्यालयका प्रवक्ता कुर्मीले बताउनुभएको छ ।
मृत चितुवालाई पर्सा राष्ट्रिय निकुञ्जको कर्मचारीलाई थप अनुसन्धानको लागी जिम्मा लगाईएको सशस्त्र नायब प्रहरी उपरीक्षक दिनेश शर्माले प्रेसचित्र डटकमलाई जानकारी दिनुभयो ।