घिमिरेबन्धुहरुको राष्ट्रिय प्रतिष्ठानको प्रारम्भिक भेलाबाट नयाँ शाखा बारामा गठन भएको छ ।
शनिबार निजगढमा भएको जिल्ला भेलाले रामकृष्ण घिमिरेको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा ओम प्रसाद घिमिरे चयन भएका छन् भने सचिवमा बिनोद प्रसाद घिमिरे, कोषाध्यक्षमा छविलाल घिमिरे चयन गरेका छन्।
यस्तै सदस्यमा नरेश घिमिरे, गोविन्द घिमिरे, कमल कान्त घिमिरे, दिपक घिमिरे, कुमार घिमिरे र मिथिला घिमिरे चयन भएका छन्।
भेला बाराको निजगढ नगरपालिका ७ स्थित सगरमाथा सहकारीको सभाहलमा शनिबार भएको थियो ।
भेलाको सभाअध्यक्षमा तेज प्रसाद घिमिरे हुनुहुन्थ्यो भने कार्यक्रम मणी घिमिरेले सञ्चालन गरेका थिए ।
भेलाले आगामी दिनमा छिटै नगरसमिति पनि गठन गर्ने जिल्ला सचिब बिनोद घिमिरेले प्रेसचित्रलाई बताएकाछन ।