निजगढ ५ स्थित जनजागृति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोला प्रसाद ढुङगाना “साजन” अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
विद्यालयमा बिहिबार भएको अभिभावक भेलाले पुर्ण बहादुर चौलागाईको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । चौलागाईको अध्यक्षतामा भएको भेलाले सर्वसम्मत गठन गरेको समितिको सदस्यहरुमा मनोज कुमार सापकोटा, कविता थापा, अप्सरा अर्याल, सर्मिला वाईवा, कमल थापा तथा पदेन सदस्यमा वडा अध्यक्ष सुर्य बहादुर थापा रहनुभएको विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्य सचिव शिव नेपालले बताउनुभयो । यस्तै विद्यालय शिक्षक प्रतिनिधीमा संजय तिमल्सिना हुनुभएका छन ।
भेलाको समापन गर्दै अध्यक्ष ढुङगानाले जिम्मेवारी दिएकोमा अभिभावकहरुलाई धन्यवाद दिदै आगामी दिनमा विद्यालयको विकासका लागि समर्पित हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
यसअघि अभिभावक भेलाको उदघाटन सत्रमा प्रमुख अतिथिको आशनबाट वोल्दै निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुर्य बहादुर थापा मगरले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले विशेष चासो दिनुपर्ने बताएका थिए । वडा नम्बर ५ मा रहेका शैक्षिक संस्थालाई थप गुणस्तरीय तथा व्यवस्थित बनाउनको लागि वडा कार्यालय लागि रहेको थापा मगरको भनाई रहेको छ ।