प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई दुरुपयोग हुनबाट जोगाउनु पर्ने र पत्रकारहरुले आचार संहिताभित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताउनुभएको छ ।
हिजो शनिवार बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा भएको संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ताव् यक्त गनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासे, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तीवारी, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह र कमलकुमार अपाध्याय, सर्लाहीका अध्यक्ष टंक क्षेत्री सहित बारा, पर्सा, रौतहट र सर्लाहीका सकृय पत्रकारहरुको सहभागिता रहेको थियो ।