बाराको निजगढ नगरपालिकामा आगोलागी हुँदा गोठ जलेर नष्ठ भएको छ ।
निजगढ वडा नं ५ स्थित गुम्बा आले मगरको गोठ जलेर नष्ठ भएको हो । आगोलागी हुँदा गोठमा रहेको काठपात र पराल पुनरुपमा क्षति भएतापनि कुनै मानविय र चौपायको क्षति भने हुन नपाएको नेपाल विपद व्यवस्थापन,सशस्त्र प्रहरी बल निजगढ वेशका नायब प्रहरी उपरीक्षक दिनेश शर्माले जानकारी दिएका छन ।
दिउसो करिब ४बजेर ४५ मिनेटको समयमा सो आगोलागी भएको सुचना पछि सशस्त्र प्रहरी बल निजगढ वेश, ईलाका प्रहरी कार्यालय निजगढ, नगरपालिकाको दमकल र स्थानियहरुको संयुक्त सहयोगमा आगोलागी नियन्त्रणमा लिएको उपरीक्षक शर्माले बताउनुभयो ।
आगोलागीबाट करिब ३ लाख भन्दा बढि भएको अनुमान गरिएको छ ।