बाराको निजगढ नगरपालिका ७ सहिद चोकमा रहेको रोहित वर्कशपमा विस्पोटक बस्तु पड्किदा एकको मृत्यु हुनुका साथै तीन गम्भीर सहित ५ घाईते भएका छन ।
वर्कसपमा विस्पोट बस्तु पडकिदा वर्कसपका संचालक निजगढका रेशम मगरको मृत्यु भएको हो । निजगढका रेशम मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अबस्थामा कवाड पसलबाट काटेर बहुमुल्य वस्तु तामा वा पित्तल निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा अचानक बिस्फोट हुदा चार गम्भिर घाईते भएका हुन । एक भने सामान्य घाइते भएका छन ।
विस्फोटबाट चार जना गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिरगन्ज रिफर गरिएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पक्राउ पर्नेमा कवाडमा काम गर्ने भारत निवासी राज जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा १५ किलोमिटर पर कोहल्बीबाट प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक शुरेश काफलेले बताउनु भएको छ ।
काफलेका अनुसार विस्फोट भएको बस्तु कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको र केही दिनपछि जानकारी गराउने बताउनु भएको छ । अनुसन्धानमा घटनास्थलको निरिक्षणमा आएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले शक्तीशाली विस्पोटक बस्तुको बारे अनुसन्धान भईरहेको बताए ।
अनुसन्धानमा खटेका एक सुरक्षाकर्मीका अनुसार उक्त बस्तु प्रोजेक्टाईल ईन्टेरियर भएको आशका गरिएको छ । सो बिस्फोटन भएको बस्तुमा ईन्डियन फिल्ड गन १०५ एच ई प्रोजेक्टाईल हुनसक्ने वा नजिकै बन्दै गरेको काठमाडौ निजगढ फास्ट ट्रर्याकमा सुरुङ्ग खन्न वा पहाड फोडन प्रयोग हुने शक्तिशाली वस्नु हुन सक्ने आशङ्का गरिएको छ । नजिकै वन्दै गरेको काठमाडौ निजगढ फास्ट ट्रर्याकमा प्रयोग हुन सक्ने विष्फोट पदार्थ हुन सक्ने स्थानियहरुले आशंका गरेकाछन भने नेपाल आर्मीका टोली पनि घटनास्थलमा आएर थप अनुसन्धान गरिरहेकाछन ।
स्थानिय १ व्यक्तीले बताए अनुसार विष्फोट भएको वस्तु कवाडले केहि दिन अघी फास्ट ट्रर्याकबाट कवाडमा ल्याएको र धातु निकाल्न वर्कशपमा अटो रिक्सामा हालेर लगेको जनाएकाछन । प्रहरीले भने घटनाको थप अनुसन्धान भईरहेको बताएको छ ।