निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढ ७मा भएको विष्फोटनको घटना अप्रिय र त्रासदी पूर्ण रहेको बताउनुभएको छ ।
नगर प्रमुख पुरीले हिजो साँझ शोक विज्ञप्ति निकालेर दुःखद घटनामा ज्यान गुमाएका रेशम मगरको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको हो । उहाँले घटनाका घाइतेहरुको यथाशीघ्र स्वास्थ्य लाभको लागि कामना समेत गर्नुभएको छ ।
‘घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता अप्रिय घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउनको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’ नगर प्रमुख पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख पुरीले विज्ञप्ति जारी गर्दा रेशम मगरको मात्र मृत्यु भएको थियो भने अर्का भारतीय नागरिक राकेश जयसवालको राती मृत्यु भएको खबर वाहिरिएको थियो ।
यो पनि पढौ