जिल्लाका विभिन्न स्थानीय तहबाट आएका किसानले दूधको पैसा पाउनुपर्ने माग गरेका छन् । किसानले पाउनुपर्ने रकम यदि समयमै नपाएमा सरकार विरुद्ध सडक संघर्ष गर्ने र पुर्वपश्चिम राजमार्ग ठप्प पार्ने स्थानिय दुध किसान बताउछन ।
सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगहरूले किसानबाट किनेको दूधको रकम दिएका छैनन ्। गत ६ महीनायता दूधको पैसा नपाएको किसानले बताएका छन्। बाराका करीब १० हजार दुग्ध किसानले १८ करोड दूधको पैसा नपाएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुरुषोत्तम भट्टराईले बताए।
सडक प्रदर्शन गर्न आएका किसानले सरकारले भारतबाट भित्रिने दुध र दुधजन्य पदार्थमा रोक लगाउनु पर्ने माग गरेकाछन । नेपाली जनता, किसानले भारतले अघोसित नाकाबन्दी सामना गर्न सककोे र यो सरकारले किसानको हितमा नभई दुध कमिसनवाहाहरुको ईशारामा चलेको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटाले बताए । उनले सरकार आँखा नदेख्ने र कान नसुन्ने भन्दै अब यस्तो सरकार छिट्टै किसानले ढालिदिने बताए । सरकारले किसानको मर्म नबुझ्दा प्रतिनिधी सभा अगाडी आत्मदाह गर्न बाध्य समेत भएको बताए ।किसानले सरकारको विरुद्धमा विभिन्न नारा लगाउनुको साथै सडकमै सरकार विरुद्ध गित गाएर नाचगान समेत गरेका थिए। किसानको सडक अबरुद्धको कारण २ घण्टा सवारी साधन चल्न सकेको थिएन ।
(फोटो फिचर)